अछामका दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा एक महिला पक्राउ

Posted on: 09 Nov, 2023

कार्तिक २३, काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका बडा नं.-८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा काठमाडौंमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा शाहीका छिमेकी लक्ष्मी सुनार रहेको प्रहरीले जनाएको छ ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनारलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको कार्यालयमा प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।

सुनारसहितले शाहीको कात्तिक १७ गते हत्या गरेको प्रहरीको आरोप छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!