आगलागीबाट दुई बालबालिकाको मृत्यु

Posted on: 08 Feb, 2024

माघ २५, अछाम | अछाम मेल्लेख गाउँपालिका–३ मा आगलागीबाट दुई बालबालिकाको मृत्यु भएको छ । 

जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको गोठमा बुधबार साँझ भएको आगलागीमा ६ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गोठमा बालेको आगो भित्र राखिएको खरमा सल्किएपछि खेलिरहेका बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!