अछामका विद्यालयलाई शैक्षिक गुणस्तरका लागि अनुदान दिईयो

Posted on: 17 Aug, 2017

कमल रावल/भदौ १, अछाम । अछाम जिल्लाका थुप्रै विद्यालयमा यो वर्षपनि शैक्षिक गुणस्तर बृद्धिका लागि अनुदान दिईएको छ । 

जिल्लामा रहेका प्राविधिक तथा सामुदायिक विद्यालयमा प्राविधिक सामाग्री, विज्ञान सामाग्री, पुस्तकालय स्थापनाका लागि जिल्ला शिक्षा कार्यालय अछामले अनुदान स्वरुप दिएको हो । 

यो वर्ष अछामका २ वटा प्राविधिक नमुना विद्यालय, ६९ वटा विद्यालयका लागि मल्डीमिडीया र ल्यापट्प र ४७ विद्यालयका पुस्तकालय स्थापनाका लागि अनुदान रकम आएको जिल्ला शिक्षा अधिकारी झँकर बहादुर बिष्टले बताउनु भयो । 

प्राविधिक विद्यालयहरुलाई १० लाख भन्दा माथिका प्राविधिक सामाग्री खरिद, ४७ विद्यालयमा साढे ६ लाखको दरमा पुस्तकालय स्थापना, र ६९ विद्यालयमा १ लाख ४० हजार बराबरको ल्यापट्प, मल्टीमिडीया, १ लाख ५० हजार बराबरको गणीत, विज्ञान र अग्रेजी बिषयको सामाग्री खरिदका लागि विद्यालयमा दिईने उहाँले बताउनु भयो । विद्यालयको आवश्यकता र मापदण्ड अनुसार शिक्षा कार्यालयले सबै विदलयसँग सम्झौता गरिएको जिशिअ बिष्टले बताउनु भयो ।

शिक्षा विभाग मार्फत नै जिल्ला शिक्षा कार्यालयलाई यो कार्य भए नभएको अनुगमन र सुपरिवेक्षणका लागि जिम्मेवारी आएकाले भदौ मसान्त भित्र सबै विद्यालयलाई गरिसक्न उहाँले आग्रह गर्नु भयो । 

विद्यालमै भिड्ीयो सहीत, अडीयो कक्षा, बालमैत्रि कक्षा, वालमा सबै सामाग्री हुने भएकाले सबै विदलयलाई यसको सही सदपयोग गर्न उहाँले आग्रह गर्नु भयो । जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका लागि वर्षेनि रुपमा अनुदान तथा सहयोग हुदै आएको पाईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!