पत्रकार महासंघले कसैलाई पनी काखा पाखा गर्दैन: केन्द्रिय सदस्य बम

Posted on: 18 Sep, 2017


असोज १, अछाम । नेपाल पत्रकार महाँसंघ अछाम शाखाको आयोजनामा नव निर्वाचित केन्द्रिय सदस्य मिन बमलाई स्वागत सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । 

महाँसंघका कार्यवाहक अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य मिन बम प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी बमले पत्रकार महाँसंघले कसैलाई पनी काखा पाखा नगर्ने बताउनुभयो । 

पत्रकार एकजुट भएमा तेस्रो पक्षले औंला उठाउने ठाँउ नरहने भन्दै बलमे पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताका लागि महाँसंघ लडिरहेको बताँउनुभयो । आचार संहिताको पालना गर्दै पेशामा दृढ भएर लाग्न पनी केन्द्रिय सदस्य बमले आग्रह गर्नुभयो । 

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष तथा मंगलसेन नगरपालिका वडानम्वर ६ का अध्यक्ष जनकराज भण्डारी, पत्रकार महाँसंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर, महाँसंघका प्रदेश पार्सद शिवारज खत्री लगायतले शुभकामना तथा बधाई मन्तब्य राख्नुभएको थियो । 

कार्यक्रममा पत्रकार महाँसंघ डोटीका पूर्व सचिव मोहन शाही, महाँसंघका केन्द्रिय पार्सद यज्ञ राज ढुंगाना लगायतका अतिथी रहनुभएको थियो । कार्यक्रममा महाँसंघका केन्द्रिय सदस्य बमलाई खादा तथा अबिरले स्वागत तथा सम्मान गरिएको थियो । 

उपाध्यक्ष गीता कुवरको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव होम साउदले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!