एक महिनादेखी सम्पर्कबिहिन अछामका चलाउने मृत अवस्थामा भेटिए

Posted on: 07 Feb, 2018

कमल रावल/माघ २४, अछाम । करिब एक महिना देखी सम्पर्क बिहिन भएका बिनायकका कलम चलाउने ठुलासैन नजिकैको जंगलमा मृत अवस्थामा भेटीएका छन । 

मंगलसेन नगरपलिका ७ र ९ तथा कमलबजार नगरपालिका ६ को सिमानामा पर्ने धुम्रलोचनी सामुदायिक वनमा चलाउने मृत अवस्था भेटीएका हुन । मध्यपहाडी राजमार्ग निर्माण कम्पनीको साईड अफिस नजिकै सडकबाट करिब १०० मिटर तल मृत अवस्थामा लास भेटीएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक कर्ण बहादुर बमले जाँनकारी दिनुभयो । 

घट्नाबारे जाँनकारी पाउँने बित्तिकै जिल्ला प्रहरी कार्यालयले घट्ना स्थलमा प्रहरीको टोलि पठाएर प्रारम्भिक जानकारी लिंदा लास करिब एक महिना अघि देखी सम्पर्क बिहिन भएका कलम चलाउने रहेको प्रहरीले जनाएको छ । 

उनका आफन्तलाई खबर गरिसकीएको र लासको पोष्टमार्टम पछी आफन्तलाई जिममा लगाईने प्रहरी निरिक्षक बमले बताउनुभयो । भारतबाट आईरहेका चलाउने सम्पर्क बिहिन भएको भन्दै यहि माघ ८ गते प्रहरी चौकी बिनायकमा उनका आफन्तले निबेदन दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!