'विचार व्यक्ति हो'

Posted on: 11 Feb, 2017

सामान्य परिस्थिति वा दैनिकजसो हामी प्रत्येक व्यक्तिलाई आफ्नै तौरतरिकावाट चिन्ने गर्दछौ | विभिन्न मानिसहरुले समाजमा आफ्नै किसिमको परिचय बनाएका हुन्छन | मानिसहरुले हरेक परिस्थितिलाई मुल्यांकन गर्ने तरिका आफ्नै हुन्छ | हरेक परिस्थितिलाई मानिसले आफ्नो विवेक प्रयोग गरि परिभाषित गर्दछ किनकि मानिस चेतनशील प्राणी हो | चेतनाकै कारण मानिस हरेक कुरामा आफ्नो चासो व्यक्त गर्ने गर्दछ | 

सामाजिक, व्याहारिक, धार्मिक, सांस्कृतिक, राजनैतिक, राष्ट्रिय, अन्तरास्ट्रिय आदि सम्पूर्ण विषयमा मानिस आ-आफ्नो दृष्टि वा विचार राख्ने गर्दछ | एउट} विषयमा पनि व्यक्ति-व्यक्तिमा विचार र दृस्टी फरक हुने गर्दछन | हामीले पौराणिक प्रसङ्गमा कृष्णको नाम धेरै नै सुनेको छौ | धार्मिक व्यक्तिहरु त्यहि कृष्णलाई इश्वर को रुपमा हेर्ने गर्छन | नवयौवनाहरु सृंगारिक नजरले कामदेवका रुपम हेर्छन भने सुरवीरहरु कुशल योदधाका रुपमा चित्रण गर्दछन | अर्थात्  व्यक्ति आफ्ना विचारका आधारमा हरेक कुरालाई आफ्नै विचारका समिपमा राख्ने प्रयास गर्दछ | आजको २१औं शताब्दीमा हामी मानिस-मानिसका विच वेमेलको अवस्था रहनु नै हाम्रो विचार को दृष्टि हो | 

विश्वको इतिहासलाई हेर्ने हो भने कयौ अजर-अमर बन्न सफल व्यक्तिहरु हाम्रा सामु छन् | सकारात्मक-नकारात्मक कुरा एकछिन लाई छोडौं | ‘हिटलर’ विश्वका मानिसले चिनेको नाम हो | ‘हिटलर’ शब्द आजसम्म पनि क्रुर शासक, निरंगकुस प्रकृतिको पर्यायका रुपमा रहेको पाइन्छ | हिटलरको दृष्टि, विचार र उसले गरेका कामद्वारा नै आज विश्वका मानिसले उसलाई निर्दयी शासकका रुपमा लिने गर्दछन् | त्यस्तै  गरि  ‘कार्ल मार्क्स’ विश्वका मानिसले आजसम्म पनि चिनिरहेको नाम हो | कार्ल मार्क्स का विचार लाई आफ्नो आदर्श ठान्दै विश्व राजनीतिमा ठुलो हिस्सा पछिलागेको पाइन्छ | श्रमजीवी वर्गले उनका विचारलाई अंगिकार गर्दै वर्गीय मुक्ति को आन्दोलन आजसम्म पनि चलिरेको कुरा जगजाहेरै छ |

मानिसको परिचयको मुख्य आधार नै उसको विचार हो | शारीरिक वनावट, बाहिरी आवरण मानिसको असल परिचय बन्न सक्दैन | विश्वका मानिस विचारका दृष्टिले दुई भागमा विभाजित भएको पाइन्छ | सकारात्मक विचार र नकारात्मक विचार | बाहिरी सुटबुट र अत्तर छर्किएर हिड्ने मानिसको विचार नकारात्मक छ भने  समाजले उसलाई सम्मानको दृष्टि राखेको हुदैन | मैला वस्त्र लगाएर पनि समाज. राष्ट्र र विश्वप्रति सदैव सकारात्मक विचार राख्ने मानिसप्रति समाज, राष्ट्र र विश्व उसका प्रति सदैव नतमस्तक भइरहन्छ | व्यवहारिक दुनियामा  एक व्यक्तिले सानो भन्दा सानो समस्यादेखि ठुल्ठुला समस्याहरुमा उसले गरेका काम र बोलि नै उसको सकारात्मकता र नकारात्मकता छुट्याउने कसी हो |

मानिस कसैलाई खराब र असल देख्ने आधार पनि उसको विचार नै हो | भेडा भेडासंग र बाख्रा बाख्रासंग बस्छन पशुपन्छी  | मानिस चोर चोरसंग र  साधु-साधुसंग बस्न चाहन्छ | ‘मानव’ मानव बन्न नसक्दाको परिणम स्वरूप यस्तो विभाजनको परिस्थिति सिर्जना भएको छ | हामी आफ्नो गाह्रो –अप्ठ्यारो होस् वा कुनै सहज परिस्थितिमा सम्मलिना आफुलाई विश्वास लागेका व्यक्ति कहाँ जान्छौं | यस व्यक्ति ले दिने सल्लाह सधै सकारात्मक हुन्छन भन्ने आफुलाई विश्वास लागेको हुन्छ | 

एउटा मानिस ले अर्को मानिस लाई विश्वास गर्न सक्ने आधार पनि विचार को मध्यम बाट नै हुन जान्छ | विचार मानिस को अधिकार हो र मानिस ले आफुलाई सहि लागेको विचार अरुसामु  प्रस्तुत गरिरहेको हुन्छ | मानिस अघि बढ्ने वा पछि बढ्ने भन्ने पनि उसको विचार नै हो | जस्तै अमेरिका को रास्ट्रपति आज डोनाल्ड ट्रंप हुनुमा उनको विचार हो र डोनाल्ड ट्रंप को नाम सुन्दा हामी अरु भन्दा फरक अमेरिकी राष्ट्रपति भन्ने बुझ्छौ यसको कारण उनले प्रस्तुत गर्ने विचार नै हो | 

यसरी हाम्रो बिचारले हाम्रो परिचय दिईरहेको हुन्छ | हामी ले दिने गरेको प्रतिक्रिया हाम्रो बिचारको आधार हो र त्यसैले हामी को हो भन्ने कुरा निर्धारण गर्दछ | हिटलर समझदा कहाली लाग्नु , गान्धि समझदा शान्तिपूर्ण आन्दोलन सम्झनु अनि डोनाल्ड ट्रंप समझदा अरुभन्दा फरक प्रकृतिका रास्ट्रपति सम्झनु पनि उनीहरुको बिचारको आधारमानै हो | हरेक मानिस उसको विचारको आधारमानै अरुको नजरमा विभिन्न प्रकारको व्यक्ति बन्न पुग्दछ | 

समाजमा विभिन्न किसिमका छाप छोडेर जानु पनि आफ्नु विचार को आधारमा नै हो | मानिसको एक विचार जसले उक्त व्यक्ति को  परिचय दिन्छ | समाजमा कसैलाई खराब कसैलाई असल रुपमा प्रस्तुत पनि विचारकै आधारमा नै गरिन्छ | अन्तमा मानिसले आफु को हो भनेर चिनाउने आधार नै विचार हो किनकि रत्नाकर लाइ डाकु र बाल्मिकी लाई साहित्यकार भनिनु उनको बदलिएको  विचारको उपज नै हो | त्यसकारण समाजमा भएका कुनै पनि व्यक्ति लाई हामी उसको विचार अनुसार नै चिन्ने गर्छौ किनकि विचारले फलानो व्यक्ति यस्तो वा उस्तो भन्ने प्रतिबिम्बित गरिराखेको हुन्छ |

गंगा प्रसाद खनाल
इ.न.पा.-८, इलाम 

यस बिषयमा तपाइको प्रतिक्रिया...!