धादिङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

Posted on: 16 Dec, 2016

पुस १, धादिङ । लमजुङबाट काठमाडौंतर्फ आउंदै गरेको स्कारपियो जीप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भूमेस्थान ६ कोइराले डाँडामा दुर्घटनाग्रस्त हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

आज बिहान करीव ६ बजे महादेववेसी नजिकै कोइराले डाँडामा ग २ च ४५७२ नम्बरको स्कारपियो जीप सडकबाट करीव १०० मिटर खसेको जिल्ला ट्राफिक कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा जीवमा सबार सबै चालकसहित दुई पुरुष र एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक लमजुङ गाउँशहर ६ का २५ बर्षीय माधव धिताल र लमजुङ चण्डीस्थान ७ का ३१ बर्षीय बिष्णु बहादुर राउतको सनाखत भएको छ ।

मृत्यु हुने एक महिलाको पहिचान नखुलेको ट्राफिक कार्यालय धादिङले जनाएको छ । 

तस्वीरः पोषनाथ अधिकारीको फेसबुकबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!