धादिङमा ट्रक दुर्घटना: १० वर्षीय बालकको मृत्यु, आठजना घाइते

Posted on: 14 Apr, 2024

बैशाख २, धादिङ । धादिङको नीलकण्ठ नगरपालिकास्थित खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ।

नीलकण्ठ– ५ खाल्टेको पतेनीबाट पतेनीबेँसीतर्फ जाँदै गरेको बा.२ख ८९४७ नम्बरको ट्रक पिमलखोलानजिकै पालपाली टोलमा दुर्घटना हुँदा पतेनीका १० वर्षीय सन्तोष रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव ब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए। 

दुर्घटनामा परी थप पाँच बालबालिकासहित आठजना घाइते भएका छन्। घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनालगत्तै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेर स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!