भारतमा कार र ट्यांकर ठोक्किँदा ७ नेपालीको मृत्यु

Posted on: 08 Sep, 2017


भदौ २३, काठमाडौं । उत्तर प्रदेशमा ट्यांकर र कार ठोक्किँदा सात जना नेपाली नगरिकको घटनास्थलमै ज्यान गएको छ । 

महाराजगञ्ज जिल्लाको गोरखपुर–सुनौली राजमार्गको देवपुर गाउँ नजिकै शुक्रबार दिउँसो दुर्घटना हुँदा कारमा सवार एक महिला र दुई बालकसहित सात जनाको ज्यान गएको भारतीय सञ्चार माध्यम दैनिक जागरणले बताएको  छ । 

सुनौलीबाट गोरखपुर जाँदै गरेको ट्यांकर र  सुनौलीतर्फ आउँदै गरेको कार एक आपसमा ठोक्किँदा कारमा सवार सातै जना यात्रीको ज्यान गएको उत्तर प्रदेश प्रहरीले जनाएको छ । मृतकको पहिचान अहिलेसम्म नभएको प्रहरीले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!