वुमेन इन कन्सर्ट २०१७ का कलाकार अमेरिकामा, सिनसिनाटी मा आज पहिलो प्रस्तुति

Posted on: 08 Oct, 2017

विजय थापा/असोज २२, अमेरिका l “वुमन इन कन्सर्ट युएस यात्रा २०१७ “का कलाकारहरु अमेरिका अक्टोबर ६ तारिख अमेरिका आई पुगेका छन् l


कलाकारहरु न्युयोर्कको जेएफके विमानस्थल झरेका हुन् l विमानस्थलमा कलाकारहरुले हामी आई पुगेका छौ भन्दै अमेरिकामा रहने सबै नेपाली समुदायलाई कार्यक्रमको निम्तो दिएका छन् कलाकारहरुले ईनेप्लिज मार्फत उक्त जानकारी गराएका हुन् l

कलाकारहरु न्युयोर्क बाट पेनसेलभेनिया हुदै सिनसिनाटी जाने कार्यकम रहेको छ l आज साँझ भुटनीज समुदाय सिनसिनाटी ले आयोजना गर्ने छन् भने वुमेन इन कन्सर्ट २०१७ को पहिलो कार्यक्रम हुदै छ l

आज सिनसिनाटी कार्यक्रम पछि सिनसिनाटी समेत गरेर अमेरिकाका ९ वटा शहर सेन्ट लुइस, एट्लान्टा, बोस्टन, न्युयोर्क, वाशिंगटन डिसी, बाल्टिमोर, ड्यालस, ओकलाहामा अभया एण्ड द स्टीम ईन्जनस् संगीत मण्डली ,कलाकार आस्था राउत र पूर्व नेपाल सुन्दरी मलिना जोशी सहितको सांगीतिक टोलिले अक्टोबर २९ सम्म अमेरिकामा प्रस्तुति गर्ने छन् l

अमेरिका विभिन्न राज्यमा हुने यो संगीत कार्यक्रमको आयोजना भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्टले गर्ने छ भने ईनेप्लिज संचार सहयात्री रहेको छ l 

वुमन इन कन्सर्ट युएस यात्रा २०१७ अन्तर्गत सिनसिनाटीमा आज अक्टोबर ७,सेन्ट लुइसमा अक्टोबर ८, एट्लान्टा मा अक्टोबर १५ , बोस्टनमा अक्टोबर १७,न्युयोर्कमा अक्टोबर २०, वाशिंगटन डिसीमा अक्टोबर २१, बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ तारिख कार्यक्रम गर्ने हुने छ l

यस वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रममा समाजमा उल्लेखनीय योगदान गर्ने महिलालाई न्युयोर्कमा सम्मान गरिने छ l

यस बिषयमा तपाइको प्रतिक्रिया...!