४० बर्षीय बिबाहित पुरुष १२ बर्षीय वालिका लिएर फरार

Posted on: 01 Sep, 2018

गोविन्द सिंह | भदौ १६, दिल्ली | भारतको दिल्ली उत्तमनगरबाट एक बिबाहित पुरुषले एउटि १२ बर्ष कि वालिकालाई लिएर फरार भएका छन् । बझाङ छबिस पाथिभेरा बामान डाडा गाउँमा बस्ने हाल भारतको उत्तम नगरमा बस्दै आएकि रमिलालाई लिएर फरार भएका हुन् । 

रमिला सार्कि उत्तम नगरमै कक्षा ८ मा अध्ययन गर्थिन।  आमा-बुवासंगै बस्दै आएकि रमिला सार्की आज ५-६ दिन बितिसक्दा पनि कहाँ छिन्, कुनै पत्ता लागेको छैन । रमिला सार्कीलाई बिबाहित गगन सार्की भगाएर लगेको उनकि आमाले बताएकि छन् । भगाएर लैजाने गगन सार्किका ४ वटा छोरा-छोरा समेत रहेका छन् । उनको उमेर अन्दाजी  ४० बर्ष रहेको अनुमान गरिएको छ । दिल्लीमा पुलिस केस गरेता पनि दिल्लीका पुलिसले त्यति ध्यान नदिएको रमिलाकी आमाले बताएकी छन् । 

तश्विरमा: बेपत्ता बालिका रमिला सार्कि र बेपत्ता बनाउने गगन सार्कि ।

भारतमा रहेका नेपालका बिभिन्न संघसंस्थालाई पनि छोरी पत्ता लगाउन आग्रह पनि गरेको बताउनुहुन्छ । बालिका लिएर गगन फरार भएपछि उनकि श्रीमती र छोराछोरी पनि बिचल्लीमा परेका छ्न् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!