साउदीमा राष्ट्रव्यापी कर्फ्यु हटाउँदै

Posted on: 21 Jun, 2020

असार ७, काठमाडौं । साउदी अरेबियाले आइतबारदेखि मुलुकभर लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको छ । यद्यपि अझै पनि धेरै प्रतिबन्धहरु कायम रहने बताइएको छ । साउदी अरेबियाका अनुसार आइतबारदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरु शुरु हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ ।

साउदी अरेबियाले अहिलेसम्म जुलाईमा शुरु हुने हजयात्राको विषयमा भने कुनै घोषणा गरेको छैन । यद्यपि मलेसिया र इण्डोनेशियाजस्ता धेरै मुलुकहरुले भने आफ्ना मानिसहरुलाई हजयात्रामा जान नदिने बताइसकेका छन् । हजयात्राको लागि वार्षिक २५ लाख श्रद्धालुहरु मक्का सहर जाने गर्छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म साउदी अरेबियामा कोरोना भाइरसका एक लाख ५५ हजार संक्रमित फेला परिसकेका छन् भने एक हजार २३० जनाको मृत्यु भइसकेको छ । स्रोत : बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!