अफ्रिकामा पनि मनाइयो तिज

Posted on: 05 Sep, 2016


भदौ २०, अफ्रिका । एनआरएनएका अफ्रिका स्थित युगान्डा, नाइजेरिया र केन्या स्थित राष्ट्रिय सम्न्वय समितीहरुले नेपाली महिलाहरुको महान पर्ब तिजको अबसरमा कम्पाला, लेगोस र नैरोबिमा तिज कार्यक्रमहरु आयोजना गरेका छन ।

एनआरएनएका आइसिसी सदस्य जिबनाथ पगेनीका अनुसार कम्पालामा एनआरएनए युगान्डाको आयोजनामा कम्पाला स्थित आगन रेस्टुरेन्टमा भब्यताका साथ् तिज मनाइएको  थियो ।

यसैगरी एनआरएनए नाइजेरियाको आयोजनामा पूर्व आइसिसी सदस्य सन्जीव छेत्रीको निवास लेगोसमामा तिज कार्यक्रम आयोजना गरिएको थियो । त्यसै गरी नैरोबिमा एनसिसी केन्याको आयोजनामा तीजको  भब्य कार्यक्रम सम्पन्न भएको महासचिब कृष्ण दत्त भट्टले जानकारी गराउनु भएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!