बाग्लुङको ताराखोलामा छुट्टै गाउँपलिका प्रश्तावको स्वागत, अर्को तिर एउटै गलकोटका लागि सर्वपक्षिय पहल

Posted on: 05 Nov, 2016

कृष्ण कँडेल | कात्तिक २०, बागलुङ | जिल्ला प्राविधिक समिति बागलुङले माथिल्लो गलकोटका ४ ओटा गाविसलाई गाउँपालिका बनाउन सकिने गरि सर्वदलिय वैठक राखेको प्रश्ताव सकारात्मक भएको भन्दै त्यहाँका सरोकारवाले स्वागत गरेका छन् । 

जिल्ला प्राविधिक समितिले यस अघि गलकोट नगरपालिकामा राखेका तारा, हिल, अर्गल र अमरभुमिलाई शुक्रवारको छलफलमा छुट्टै गाउँपालिका प्रश्ताव गरेको छ । दलहरुविच थप छलफल गरेर टुङ्गो लगाउने जिल्ला प्रविधिक सहयोग समितिका संयोजक तथा स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । 

विशिष्ट पहिचान रहेको ताराखोला क्षेत्रलाई विशेष क्षेत्र सहितको गाउँपालिका बनाउनुपर्ने बताउँदै आएका राजनैतिक दलले प्रविधिक समितिको प्रश्ताव वैज्ञानिक र न्यायपुर्ण भएको बताएका छन् । चारओटै गाविसमा क्रियाशिल सवैदलको उपस्थितीमा गाउँपालिका बनाउने गरि गत असार १२ गतेको बैठकले गरेको सर्वसम्मत निर्णय अनुसार नै प्रश्ताव आएकाले स्थानिय नागरिकको भावनलाई त्यसले समेटेको उनिहरुको ठहर छ । 

तर गलकोटका हटिया र हरिचौरका राजनैतिक दलका अगुवाले यि ४ ओटा गाविसलाई पनि समेटेर साधनस्रोत सम्पन्न गलकोट नगरपालिका बनाउनुपर्ने तर्क गर्दै आएका छन् । साझा गलकोटको मनोविज्ञानलाई निर्वाचन क्षेत्र बनाउँदा विगतमा टुक्रार्ईको भन्दै अव पनि गलकोट टुक्रिए विकाशमा फेरी पछि पर्ने उनिहरुको भनाई छ । गलकोटका केहि नेताहरुले आफ्ना माग विपरित पार्टिले गलकोटलाई फुटाउने प्रयास गरे एउटै गलकोटका लागि पार्टिको सदस्यता समेत त्यागेर आन्दोलनमा उत्रिने बताएका थिए । प्राविधिक समितिले छुट्टै गाउँपालिका प्रश्तव गरेपछि एउटै गलकोटका पक्षधरहरुले त्यसलाई नमान्नै भन्दै सर्वपक्षिय छलफल सुरु गरेका छन् ।  

यस अघि जिल्ला प्रविधिक समितिले चारै गाविसलाई गलकोट नगरपालिकामा राख्ने प्रश्ताव गरेको थियो । 

तारा गाविसका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रशका नेता डन्नपानी कँडेलले ताराखोला क्षेत्रको संस्कृतिक पहिचान, भौगोलिक विकटता र साझा मनोविज्ञान तथा जनजातीको बाहुल्यताका आधारमा छुट्टै विषेशता रहेकाले गाउँपालिका पश्ताव हुनु सकारात्म भएको बताउनुभयो । कँडेलले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नकै लागि पनि जुनसुकै हालतमा छुट्टै गाउँपालिका बनाउनुपर्ने तर्क गर्नुभएको छ । 

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य हिलका स्थानियवासी सञ्जयकुमार श्रेष्ठले शुक्रवार भएको पार्टि जिल्लाको बैठकमा ४ ओटा गाविसको छुट्टै गाविस बनाउनुपर्ने धारणा राखेको बताउनुभयो । श्रेष्ठले मापदण्ड अनुसार जनसंख्या नपुगेपनि विशिष्ट पहिचान, भौगोलिक जाटिलता तथा जातिय सघनताको आधारमा बिशेष क्षेत्र बनाउनुपर्ने बताउनुभयो । सामान्य अवस्थामा गाउँपालिका बनाउन २२ हजार जनसंख्या आवश्यक पर्नेमा चार गाविसको जनसंख्या १२ हजार ९०० मात्र रहेको छ । 

नेकपा माओवादी केन्द्रका जिल्ला नेता तथा अर्गलका स्थानिय प्रकाश घर्तीले अहिलेपनि गाउँपालिका बनाउन नसके ताराखोला क्षेत्र सँधै पछि पर्ने दावि गर्दै छुट्टै गाउँपालिका बनाउन जुनसुकै मुल्य चुकाउन तयार रहेको तर्क गर्नुभएको छ । घर्तीले चारओटै गाविसका सवैराजनैतिक दलको सर्वसम्मत निर्णय अनुसार जिल्ला प्रविधिक समितिले प्रश्ताव आएकाले जुनसुकै अवस्थामा पनि यसलाई पारित गर्नुपर्ने बताउनुभयो ।  

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य हिलका तिर्थसिंह थापाले चार गाविसको सर्वदलिय निर्णय अनुसार नै प्रश्ताव आएकाले स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले चारओटा गाविसको सवैकुरा मिल्ने र हटिया, हरिचौर तिर केन्द्र बनाउँदा नागरिकलाई सेवा लिन समस्या हुने बताउनुभयो । 

अमरभुमि गाविसका पुर्वअध्यक्ष तथा काँग्रश नेता नन्दलाल गैरेले जनजातीको सघनतामा सवैको मेलमिलाप सहित साझा भावना रहेको र जिल्लाकै दुर्गम पर्ने चार गाविसमा रहेका प्राकृतिक साधन श्रोतलाई परिचालन गरि विकासको गतिमा अघि बढाउन छुट्टै गाउँपालिका बनाउन माग गर्नुभयो । गैरेले आफ्नै अध्यक्षतामा गत असारमा भएको सर्वदलिय वैठकको भावना अनुसार नै पछिल्लो प्रश्ताव आएकाले त्यसलाई निर्णय प्रक्रियामा लैजानुपर्नेमा जोड दिनुभयो । 

१२ गाविस र रणसिंहकिटेनीको गलकोट नगर बनाउन पहल

गलकोट सेवा समाज बागलुङको समन्वयमा आज बागलुङ बजारमा भएको सर्वपक्षिय बैठकले गलकोटका १२ ओटा गाविस र रणसिंहकिटेनीका ४ ओटा वडालाई नगरपालिका बनाउन पहल गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष हुमबहादुर थापाको अध्यक्षतामा भएको बैठकम राजनैतिक दलका प्रतिनिधि तथा गलकोटसँग सरोकार राख्नेहरुको सहभागीता रहेको थियो  ।

बैठकले गलकोटका हटिया, हरिचौर, मल्म, काँडेवास, नरेठाँटी, दुदिलाभाटी, रिघा, पाण्डवखानी, तारा, हिल, अर्गल र अमरभुमि गाविसमा रणसिंहकिटेनी गाविसको वडा नम्बर–६ देखि ९ लाई समेटेर बलियो नगरपालिका बनाउन माग गरेको छ । स्थानिय रुपमा सहमती रहे गलकोटमै पर्ने सल्यान र सुखौरालाई पनि गलकोट नगरमै समेट्न सकिन निष्कर्ष रहको वैठकमा सहभागी गलकोट एफएमका अध्यक्ष राजबहादुर थापाले जानकारी दिनुभयो । 

विगत देखि नै गलकोटलाई छुट्याएर राजगर्ने गरिएको र अहिलेपनि त्यहि कुरा दोहो¥याउन खोजिएको आपत्ति जनाउँदै माग सम्बोधन नभए चारणवद्ध आन्दोलनमा जाने निर्णय भएको गलसकोट सेवा समाज बागलुङका अध्यक्ष हुमबहादुर थापाले जानकारी दिनुभयो । थापाले पहिले साधनस्रोत सम्पन्न एउटै गलकोट नगरपालिका बनाउन जिल्लाका राजनैतिक दल, जिल्ला प्रविधिक समिति तथा केन्द्रमा पहल गर्ने तर माग पुरा नभए थप छलफल गरेर आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय भएको बताउनुभयो । 

ताराखोला क्षेत्रका ४ ओटा गाविसलाई गलकोट नगरपालिकाको संरक्षित क्षेत्र बनाएर जाँदा गलकोटको साझा मनोविज्ञान पनि समेटिने र तारा क्षेत्रको माग पनि सम्बोधन हुने विषयमा छलफल भएको गलकोट एफएमका अध्यक्ष राज थापाको भनाई छ । 

दरमखोला, घुम्टेलेक, गौँदीखोला जस्ता प्रकृतिक सम्पदामा सवैको स्वामित्व कायम गरि हटिया, हरिचौर र मल्म र नरेठाँटीलाई केन्द्र बनाए पुर्वाधार विकाश गर्न सके गलकोटको विकास अघि जाने थापाले बताउनुभयो । 

चार ओटा गाविसको छुट्टै गाउँपालिका बनाएपनि तत्काल विकासका पुर्वाधार निर्माण हुन नसक्ने र दुर्गम ठाउँको विकाश प्रक्रिया झन् पछि पर्ने उहाँको तर्क छ । बैठकमा नेपाली काँग्रश बागलुङका कोषाध्यक्ष उमेश गौतम, जिल्ला कार्यसमिति सदस्य फमबहादुर खत्री, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ज्ञामनाथ गैरे अनिल र राजिव घिमिरे लगायतको उपस्थिती थियो । 

गलकोट सेवा समाज बागलुङका पदाधिकारी तथा सदस्य सहित गलकोटसँग सरोकार राख्नेहरुपनि सहभागी थिए । बागलुङ बजारमा व्यवसय गर्दै आउनुभएका ताराखोलाका हरि सुवेदी र जगत विक पनि वैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकले नेपालका विभिन्न ठाउँ तथा विदेशमा रहेक गलकोट समाज तथा गलकोटका शुभचिन्तक, पत्रकार लगायत सिङ्गो गलकोट एउटै बनाउने पक्षका शुभचिन्तकलाई यसको लागि पहल गर्ने निर्णय समेत गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!