सुदूरपश्चिम महोत्सवमा १० करोडको कारोबार

Posted on: 18 Dec, 2016

दिनेश ठकुल्ला । पुस ३, धनगढी । धनगढीमा मसिर २२ देखि पौष २ गतेसम्म संचालन भएको सुदूरपश्चिम महोत्सवमा १० करोड रुपैया बराबरको कारोबार भएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । 

महोत्सवको महोत्सव अवधिभर करिब ५ लाख दर्शकले अवलोकन गरेका सघले दावी गरेको छ । महोत्सवमा राखिएका व्यवसायीक स्टलहरुमा १० करोड भन्दा बढीको कारोबार भएको र यो बाहेक ७० लाख मूल्य भन्दा बढीको टीकट बिक्री भएको कैलाली उद्योग वाणिज्य संघका कोषाध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो । मंसिर २२ गते देखि सुरु भएको महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको थियो  । 

उद्घाटनमा यस क्षेत्रका विकाससंग सम्बन्धित १६ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई १६ किलोको माला लगाइएको थियो । आयोजकका अनुसार महोत्सवमा कृषि प्रदर्शनी, होटेल, व्यवसायीक गरि २ सय ६३ स्टल रहेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!