निरन्तर ओरालो लाग्दै शेयर बजार

Posted on: 21 Aug, 2018

भदौ ५, काठमाडौँ | तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज पनि घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ४.१८ बिन्दुले घटेर एक हजार १८३.८९ बिन्दुमा पुगेको हो । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८३ बिन्दुले घटेर २४९.९२ बिन्दुमा झरेको छ । आज कूल १६१ कम्पनीको पाँच लाख ७० हजार १७३ कित्ता शेयर रु १७ करोड ९५ लाख ५८ हजार ९३० मा खरिद बिक्री भएको छ । 

स्टकका अनुसार आज चार उपसमूहको शेयर कारोवार उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार २.९५, जलविद्युत् ०.५६, निर्जीवन बीमा ४.४७ र अन्य समूह १.४१ बिन्दुले बढेको छ । 

यस्तै बैकिङ ५.४१, होटल ८.७६, विकास बैङ्क ३.१८, वित्त २.९४, उत्पादन २२.८५, माइक्रो फाइनान्स १०.३३ र जीवन बीमा ०.५१ विन्दुले घटेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!