चिनमा रहेका नेपालीको उद्दारका लागि शनिबार नेपाल एयरलाइन्स चीन जाने,यस्तो छ तालिका

Posted on: 13 Feb, 2020

फागुन १, काठमाडौं | चिनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभरी त्रास बढेको छ | उक्त भाइरसले महामारीको रुप लिएपछि चिनमा रहेका आफ्ना नागरिकलाई अरु देशले स्वदेश फिर्ता गराई सकेका छन् |

नेपाल पनि चिनमा रहेका नेपालीको उद्दारका लागि शनिबार पाकिस्तानी पाइलटको कमान्डमा नेपाल एयर लाइन्सको जहाज चिन जाने भएको छ | क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली खटिने भएको हो | उद्धारका लागि चिन जाने टोलिको टुंगो लागेपनि नाम भने सार्वजनिक गरिएको छैन | नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत् चिनमा रहेका १ सय ८० नेपालीको शनिबार उद्धार गरिने भएको छ | नेपाल एयरलाइन्सको जहाज शनिबार दिउँसो ३ बजे हुवेईका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौं आइपुग्ने तालिका रहेको छ |

टोलीमा ३ जना पाइलट र ७ जना क्रु मेम्बर रहनेछन् भने १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहने छन्। सो टोलीमा ४ जना नेपाली सेनाका चिकित्सकसमेत रहने बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!