जिल्ला विकासको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Posted on: 17 Jul, 2016

प्रभात सुवेदी । असार ३१, बर्दिया । 

जिल्ला विकास समिति बर्दियाले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला विकास समितिबाटआ.व. २०७२/७३ मा भए-गरेका बजेट तथा खर्चको विवरणका सन्दर्भमा समितिका ओम ज्ञवालीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने जिल्लामा निर्माण गरिएका संरचनाका सन्दर्भमा जिल्ला ईन्जिनियर वैकुण्ठ अर्यालले जिल्लाको समग्र विवरण प्रस्तुत गर्नुभएको थियो । 

पूँजीगततर्फ कूल ७ करोड, २२ लाख, ६३ हजार र चालूतर्फ ५१ करोड ५३ लाख, ७३ हजार ९ सय १६ रुपैँया रहेको र कोषतर्फ ५ करोड १३ लाख १९ हजार ७ सय २८ गरी कूल बजेट तथा खर्चको रकम ६३ करोड ८९ लाख ५६ हजार ६ सय ४४ रुपैँया २३ पैसा रहेको प्रस्तुत गरिएको थियो । 

कूल ३ सय ९८ ओटा योजनाहरुमध्ये ३ सय ७५ योजनाहरु सम्पन्न भैसको, ९ ओटा बहुवर्षीय योजना रहेको र १२ल ओटा योजनाहरु सञ्चानल नै नभएको कार्यलयको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

कार्यक्रममा आम सर्वसाधारण नागरिकहरुले जिल्ला विकास समतिबाट पाएको सेवा सुविधा, कर्मचारीबाट पाएको सहयोग, व्यवस्थपकीय पक्ष लगायतका पक्षहरुमा दिएका धारणाहरुको समष्टिगत विवरण प्रस्तुत गरिएको थियो । आम सर्वसाधरण नागरिक, राजनैतिक दलका जिल्लाका प्रमुख वा प्रतिनिधीहरुले आफूलाई लागेको जिज्ञासा राख्नुका साथै सम्बन्धित निकायबाट जवाफ दिइएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!