जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिको बैठक सम्पन्न

Posted on: 12 Aug, 2016

प्रकाश बम । साउन २८, सिलगढी | जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिको बैठक शुक्रवार डोटीको सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ ।

सेबक नेपाल डोटीद्धारा सञ्चालित पोषण खाध्य सुरक्षा परीयोजनाका बारेमा सो बैठकमा जानकारी गराएको हो । संस्थाले जिल्लाका बारपाटा,पचनालि,बाझककानि,खातिवडा र लाटामाण्डौ गाबिसमा कृषि तथा जिविको पार्जनका क्षेत्रमा काम गरीरहेको सेबक नेपाल डोटीका कार्यक्रम संयोज गजेन्द्र प्रसाद खत्रिले बताए । बैठकमा संस्थाले आफुले गरेका कार्यक्रमका बारेमा समेत सहभागिहरुलाई जानकारी गराएको थियो ।

कृषकको मन जित्न सके कार्यक्रम प्रभाबकारी हुने सहभागिहरुले बताए । संस्थाले ल्याएको पशुविमा,वालि विमा ,ज्ञान श्रोत लगाएका कार्यक्रम कृषकका लागि राम्रो रहेको डोटीका स्थानिय विकास अधिकारी कृष्ण गौतमले बताए । साथै संस्थाले शनिबार आफ्नो कार्यक्षेत्रममा रहेका पचनालि र वारपाटा गाविसमा जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितीको उपस्थितिमा अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!