निजामती कर्मचारीले छात्रवृत्तिमा जापान गएर अध्ययन गर्न पाउने

Posted on: 09 Dec, 2020

मंसिर २४, काठमाडौँ | अब निजामती कर्मचारीले अध्ययनका लागि जापान जान पाउने भएका छन् | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिआरआइपिएस (नेश्नल ग्रयाजुएट इस्टिच्युड फर पोलिसी स्टडिज) छात्रवृत्तिमा जापानमा पढन चाहने निजामती कर्मचारीहरुका लागि आवेदन मागेको हो |

मन्त्रालयले यही डिसेम्वर भित्र आवेदन गरी सक्नु पर्ने बताएको छ | स्नातकोत्तर तहका लागि ४० वर्ष पार नभएको, स्नातकोत्तर गरिसकेको र पाँच वर्ष काम गरेको अनुभव हुनु पर्नेछ भने अंग्रेजी भाषामा अन्तराष्ट्रिय मापदण्ड अनुसार दक्ष्य हुनु पर्ने मन्त्रालयले जनाएको छ |

पिएडीका लागि भने मापदण्ड उल्लेख गरेको छैन | पिएचडी गर्ने विद्यार्थी आफैंले आफ्नो प्राध्यापक छनोट गर्नु पर्ने  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखामा कार्यरत शाखा अधिकृत प्रवीण कोइरालाले जानकारी दिए |

उनीहरुले जिआरआइपिएसकै वेबसाईड र प्राध्यापकसँग सम्पर्क गरेपछि योग्यता तय हुनेछ | जापान, कोरिया, चीनलगायत देशहरुले विकासोन्मुख देशका कर्मचारीहरुको क्षमता र जनशक्ति अभिवृद्धि गर्न हरेक वर्ष विभिन्न अध्ययन एवं तालिम कार्यक्रमहरु दिने गरेका छन् |



यस बिषयमा तपाइको प्रतिक्रिया...!