बैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षा कार्यक्रमले के दिन्छ ?

Posted on: 27 Nov, 2018

मङ्सिर ११, काठमाडौँ | आज निकै तामझामका साथ सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेसंगै यसको फाइदा बारे चौतर्फी बहश भएका छन् । यसै बिषयमा नेपालबाट विदेशमा रहेका लाखौँ नेपालीलाई यो कार्यक्रमले के फाइदा पुग्छ ? सिधा जवाफ छ - यो कार्यक्रमले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कुनै सुविधा दिने छैन । 

यो कार्यक्रम लागु भएपछि नेपालमै श्रम गर्नेहरुले पेन्सन सहित बिभिन्न सुविधा पाउने भएका छन् भने यस सुविधाको कुनै फाइदा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पाउने छैनन् ।

तश्वीरमा: मंगलवार राजधानीमा आयोजना गरिएको सामाजिक सुरक्षा कोष, नेपालको औपचारिक शुभारम्भ घोषणा कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिर: प्रदीपराज वन्त,रासस

देश रेमिट्यान्सले धानिएको भएपनि सरकारले घोषणा गरेको कार्यक्रमले विदेशमा रहेका ५० लाख भन्दा बढी नेपालीहरुलाई निराश बनाएको छ । त्यसो त आफ्नो देशमा रोजगारी पाउन नसकेर बैदेशिक रोजगारीमा जान बाध्य युवाहरुलाई सरकारले धेरै नीतिगत व्यवस्थाबाट पनि सुविधा दिन सकेको छैन । फ्री भिषा, फ्री टिकटको नीति छ तर कार्यान्वयन गर्न सकेको छैन । दिनानुदिन चर्को शुल्क तिरेर नेपालीहरु विदेश जान बाध्य छन् । त्यस्तै दैनिक बैदेशिक रोजगारीका क्रममा समस्यामा परेर नेपालीहरु स्वदेश फर्कदा सरकारले ठगि गर्नेहरुलाई यथासिघ्र कारवाही गर्न नसकेको पिडितहरुको गुनाशो छ । 

सरकारले विदेशमा रहेकालाई समस्याबाट जोगाउन विदेश जाने कामदारसंग प्रति व्यक्ति २५ सयका दरले पैसा उठाउँदै आएको छ तर उक्त्त कोष पनि पारदर्शी नभएको गुनाशो सुनिन्छ । कोषमा भएको रकम मनपरी खर्च भएको आरोपहरु लाग्ने गरेको छ । केहि मात्रामा यो कोषको पैसा वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारका परिवार र अंगभंग भएका श्रमिकले पाएको भए पनि विदेशबाट फर्किएकाहरुको समृद्धिको लागि यो कोष प्रभावकारी बन्न नसकेको बताइन्छ । 

मुख्य कुरा सरकारले म्यानपावर कम्पनी र रोजगारदातालाई उनीहरुको जिम्मेवारी प्रति गम्भीर बनाइएको छैन । बैदेशिक रोजगारमा युवाहरुलाई चर्को शुल्क लगाएर ठगि भईरहदा सरकार मुकदर्शक बनेको छ । श्रम गरेर बैदेशिक रोजगारीमा जान बाध्य युवाहरु पछिल्लो समय ३ दिनसम्म श्रम कार्यालय ताहाचलमा दिन रात लाईनमा बसेर पनि श्रम स्वीकृति लिन सकीरहेका छैनन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!