साउदीस्थित नेपाली दुतावासले दमाम र जुवेलमा अस्थायी कार्यालय सञ्चालन गर्ने

Posted on: 20 Nov, 2020

मङ्सिर ५, काठमाडौँ । साउदीस्थित नेपाली दुतावासले दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । दुतावासले शुक्रबार एक सूचना जारी गर्दै राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी कार्यालय राखेर सेवा दिन लागेको जनाएको छ ।

राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आगामी ४ डिसेम्बरमा दमाममा  र  डिसेम्बर ११ मा जुवेलमा अस्थायी कार्यालय सञ्चालन गर्न लागेको दुतावासले जनाएको छ ।

अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइने दुतावासले जनाएको छ । साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भर्नुभएकाहरूलाई पहिलो प्राथमिकता दिइने जनाइएको छ । तसर्थ, राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा https://forms.gle/pryfMdChxs2QHCPi6  लिंकबाट यथाशीघ्र अनलाइन फाराम भरी पठाउनु हुन दुतावासले पुनःअनुरोध गरेको छ  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!