मंसिर १२, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण साउदी अरेबियामा हाल सम्म ८८ जना नेपालीको मृत्यु भएको छ | साउदीस्थित नेपाली दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार, ८८ जना नेपाली कामदारको कोरोना भाइरसबाट मृत्यु भएको हो |
कोभिड १९ को असर लगाएत अन्य कारणले अलपत्र परेका २० हजार ३ सय ६ जना नेपाली चार्टड उडान गरेर स्वदेश फिर्ता भएका छन् | दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाको सहयोगमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेका १ हजार २ सय ८८ जना नेपालीलाई वहिर्गमन भिषा जारी गरेको छ |
त्यस्तै नेपाली दुतावासले पासपोर्ट नविकरणको आवश्यक विवरणसहित अनलाइन फारमको व्यवस्था गरेको जनाएको छ | साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ५६ हजार ३ सय ८९ जना संक्रमित भएका छन् |
बढ्दै गएको कोरोना संक्रमणका कारण उद्योग धन्दा बन्द हुन् थालेपछि दैनिकरुपमा स्वदेश फिर्ता हुने नेपाली कामदारको संख्या बढ्दै गएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!