पहिरोले सिद्धबाबामा सडक अवरुद्ध, दुई घाइते

Posted on: 04 Oct, 2017

असोज १८, पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगासहित बुधबार पहिरो खस्दा दुईजना घाइते भएका छन् । 


घाइतेको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएकाले उनीहरुको नाम खुल्न नसकेको दोभान प्रहरीले जनाएको छ । लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवार दुई ढुंगा खस्दा घाइते भएका हुन ।

दशँैदेखि तिनाउ गाउँपालिका– २ दोभान र सिद्धबाबाकोबीच विद्युत् हेडबक्समाथि ढुंगासहितको ठूलो पहिरो खस्दा पटक÷पटक सडक अवरुद्ध बनेको छ ।

आज पनि सडक मर्मत गर्ने भनिए पनि पहिरोले सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

१० देखि २ बजेसम्म सडक मर्मत गर्ने भनेर यातायात सञ्चालनमा रोक लगाए पनि पहिरो खसेपछि सो काम रोकिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!