पाल्पामा जिप दुर्घटना हुँदा छ जना घाइते

Posted on: 02 Sep, 2023

भदौ १६ , पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

पाल्पा जिल्लाको तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट तल खस्दा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । 

अर्गली प्रहरी चौकीका प्रहरी हवल्दार बलराम पाण्डेका अनुसार जिप सडकबाट करिब १०० मिटर  तल खसेको थियो ।

घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!