राजन कार्की छोडेर पूर्णकला विसीले जुङ्गेवाला एसपी ताकेपछि...भिडियो सहित

Posted on: 05 Mar, 2018

पर्वत । गायिका पूर्णकला विसी एसपी सुर्दशनराज सिग्देलको जुङ्गका तेल घसेर बस्न आफूले चाहेको गीत मार्फत बताएकी छिन् । दशौ पश्चिाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको आठौ बार्षिक उत्सवको अबसरमा आयोजिक कार्यक्रममा  आफ्नो कला कौशल प्रस्तुत गर्ने बेलामा उनले यस्तो बताएकी हुन् । छेउमै बसेका प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, एसपी सुदर्शनराज सिग्देल, डिएपी दिलिप घिमिरे उनले गीत मार्फत जुङ्गेवालाको जुङ्गामा तेल लगाउँछु भन्दा मुसुमुसु हाँसेका थिए । 

शुरुमा विसीले राजन कार्कीको गीतको जवाफ फकाउँदै आफू जुठो थालमा भात नखाने भन्दै आफू नजाने बताए पनि अन्तिममा भने जान सहमत भएकी थिइन । राजन कार्की र पूर्णकला विसीको लाइभ दोहोरी शुरुदेखि अन्तीमसम्मनै जिल्लाका सुरक्षा निकायका प्रमुख तीन जनामाथिनै केन्द्रित रहेको थियो ।

भिडियो


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!