पोथी किङ कोब्रा भेटियो

Posted on: 27 Jun, 2020


पर्वत ।  सर्पहरुको राजा मानिने किङ्ग कोभ्रा पर्वत जिल्लाको कुश्मानगरपालिका–९ कटुवाचौपारी नजिकै रहेको अलपेश्वर गुफा नजिकै भेटिएको छ । थानियले बाँदर धपाउनेक्रममा उक्त किङ् कोभ्रा सर्पलाई स्थानीय फुल सेकिरहेको अवस्थामा भेटेका हुन

सालका सेउलाभित्र फुलहरु सेकिरहेको अवस्थामा पोथी किङ्ग कोभ्रा भेटिएको छ । स्थानियले अनौठो, ठुलो सर्प बसेको देखेपछि पोखरा सर्प विज्ञहरुलाई खवर गरेका थिए । उक्त खवर पाएपछि पोखरास्थित अन्नपूर्ण संरक्षण क्षेत्र, सर्प विज्ञ, जिल्ला बनकार्यालयको टोली किङ कोब्रा भेटिएको स्थानमा पुगेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्रका ऋषि वरालले यो सर्प ३८ जिल्लामा भेटिएको लोपउम्मुख प्रजातीको सर्प भएको जानाकारी दिए ।

उनले यो सर्पले नेपालमा मान्छेलाई टोकेको रेकर्ड नभएको तर यसलाई हातले खेलाउदा टोक्न सक्ने र यसले टोकेमा औषधी पनि नहुने बताए । अहिले भेटिएको सर्पलाई संरक्षण गरि अनुसन्धानगर्ने उनले बताए ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!