'स्थानीय निर्बाचनमा एमाले–माओवादीलाई हराइन्छ'

Posted on: 23 Mar, 2017


चैत १०, काठमाडौं । तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले नेपाली कांग्रेसमा गुटबन्दी गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्नुपर्ने बताएका छन् । 

बिहीबार नेविसंघ कालिकोट–काठमाडौँ, सम्पर्क समितिले राजधानीस्थित संवाद डबलीर्मा स्थानीय निर्वाचनमा नेविसंघको भूमिका’ विषयक् कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “आगामी चुनाबमा नेपाली कांग्रेस कालिकोटलाई मात्र नभएर हामी युवाहरुले मातृ पार्टीलाई एक ढिक्का बनाएर जिताउन पहल गर्नु पर्छ,’ शाहीले भने । 

त्यसैगरी, उनले कालिकोट प्राकृतिक स्रोत र साधनको धनी भएकोमा गर्व गर्नसमेत आग्रह गरे । उनले भने, “सुन्दर र समृद्ध कालिकोटको अभियानलाई सबैले पहल गर्नु पर्छ । यसलाई नमूनायोग्य जिल्ला बनाउन सकिन्छ ।” 

महामन्त्री शाहीले आफू कर्णालीबासी भएकोमा गर्व गर्ने बताउँदै कर्णालीकोका प्रत्येक युवाले गरिबी र दरिद्रताको मानसिकता त्याग्नसमेत अपिल गरे । कर्णालीको स्रोत साधनलाई सदुपयोग गर्न सके राज्यलाई पाल्न सक्ने सम्भावना छ भन्दै यसलाई मूर्त रुप दिनका लागि सबैलाई हातेमालो गर्न आह्वान पनि गरे । कांग्रेस महासमिति सदस्य मोतीराज बमले नेविसंघको हालै सम्पन्न स्ववियुमा पाएको सफलताले आगामी चुनाबमा पनि राम्रो सम्भावना देखाएको तर्क गरे । 

महासमिति अर्का सदस्य नारायण भट्टराईले पार्टीलाई समयअनुसार परिवर्तनकारी बाटोमा लानुपर्ने धारणा व्यक्त गरे । जिल्ला कार्य समिति सहसचिब दमनबहादुर शाहीले निर्वाचानको लागि घनिभूत तयारी गर्न युवाहरुलाई गाउँ फर्कन आग्रह गरे । 

नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य जगतजंग विष्टले कांग्रेसको आन्तरिक कलह या गुटबन्दीको विषयमा चिन्ता गर्नुभन्दा पनि स्थानीय चुनावमा नजर लगाउनुपर्ने बताए । कार्यक्रममा जगतबहादुर विष्ट, नेविसंघ केन्द्रीय सदस्य अर्जुन बम, चन्द्रजंग मल्ल,जगतवंग विष्ट, राजेश्वर कमली, सम्पर्क समिति अध्यक्ष मेगराज विष्ट, उपाध्यक्ष विमलराज योगी, सचिब रमेश शाही, कोशाध्यक्ष जीवन सुबेदी र सहसचिव सरोज बोगटीले पनि आफ्ना धारणा राखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!