रेखा थापा सर्लाही र काठमाडौंका दुई ठाउँबाट उम्मेदवार सिफारिस

Posted on: 14 Oct, 2017

असोज २८, काठमाडौं । फिल्मी क्षेत्रकि नायिका अब उम्मेदवारकै रुपमा खडा हुने गरि २ स्थानबाट सिफारिसमा परेकी छन् । यसैबीच थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा मनोनित भएकी छिन् । साथै उनले पार्टीको प्रवास विभागको समेत जिम्मेवारी पाएकी छिन् ।

थापाले आजै सहमहामन्त्री र प्रवास विभाग प्रमुखमा मनोनयनको पत्र बुझ्दैछिन् । कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ । 

थापाले सर्लाही र काठमाडौँबाट सिफारिस कहाँबाट चुनाव लड्ने भन्ने बारे पार्टीलाई टुंगो दिइनसकेको स्रोतले बताएको छ ।

प्रत्यक्षतर्फको चुनावमा उनी प्रजातान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुने भएकाले काठमाडौं बाहिरबाटै चुनाव लड्ने सम्भावना रहेको स्रोतले बतायो । - अनलाइनखबरबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!