मकवानपुरका कार्यालयहरु धमाधम स्तानन्तरण, कुन मन्त्रालय कहाँ ?

Posted on: 24 Jan, 2018

माघ १०, मकवानपुर | प्रदेश नंबर ३ को अस्थायी राजधानी हेटौँडालाई कायम गरिएपछि यहाँका जिल्ला स्तरका कार्यालयहरु धमाधम स्तानन्तरण हुने भएको छ । 

सरकारले हेटौँडामा रहेको जिल्ला समन्वय समितिको कार्यालयलाई मुख्य मन्त्रीको कार्यालय बनाउने भएपछि जिल्ला समन्वय समितिलाई घरेलु तथा साना उद्योगको कार्यालयमा सारिने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

सोमबार राती अबेरसम्म बसेको सरकारी कार्यालय प्रमुखको बैठकले मकवानपुरको हेटौँडामा मन्त्रालयहरु राखिने स्थान पहिचान गर्दै जिससलाई घरेलुमा सार्ने निर्णय गरेको हो । क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेको संयोजकत्वमा बसेको उच्चस्तरीय सरकारी टोलीको बैठकले हेटौंडामा रहने सातवटै मन्त्रालयहरुको स्थान तोकेको हो । 

सरकारी टोलीले हेटौंडास्थित जिल्ला शिक्षा कार्यालय, डिभिजन सहकारी कार्यालय, श्रम कार्यालयको नयाँ भवन, क्षेत्रीय स्वास्थ्य निर्देशनालयको कार्यालय भवन, हेटौंडा कपडा उद्योगको कार्यालय भवन, क्षेत्रीय वन कार्यालयको भवन, जिल्ला वन कार्यालय मकवानपुरको भवनमा मन्त्रालय रहेन टुंगो लगाएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!