चैत ६,काठमाडौं | नेपाल-भारत सीमा क्षेत्रमा कोरोना भाइरसको उच्च जोखिम भएको गृह मन्त्रालयले बताएको छ | बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको हो |
विश्व्यापीरुपमा फैलिरहेको कोरोनाको वस्तुस्थिति, पूर्व तयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बसेको बैठकले उत्तरतर्फका नाकाभन्दा दक्षिणका नाकाबाट बढी जोखिम रहेको बताएको छ | जाँचमा कडाइ गरी नेपालभित्र प्रवेश गर्नै नदिने योजनाका साथ अगाडि बढ्ने बिषयमा छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए |
साथै कोरोनाभाइरसबारे गलत प्रचार गर्ने र भ्रम फैलाउनेलाई कारवाही गर्न समेत जिल्ला प्रशासनलाई निर्देशन दिईएको छ |
गलत सूचना दिए १ लाख जरिवाना र ६ महिना कैद हुने व्यवस्था रहेको छ |
सरकारले चैत महिनामा सञ्चालन हुने सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ | भने २५ जना भन्दा बढी भेला हुन् नपाइने भएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!