एम्समा व्यवस्थापन संकायको महत्व विषयमा अभिमुखिकरण

Posted on: 10 Jul, 2017


असार २६, बुटवल । एम्स मावि बुटवलको आयोजनामा व्यवस्थापन संकायको महत्व उपयोगिता अवसर र चुनौतिको विषयमा अभिमुखिकरण कार्यक्रम गरेको छ । संस्थाले नवआगन्तुक विद्यार्थीहरुको सहभागीतामा उक्त कार्यक्रम गरेको हो । 

एम्स एकजुकेशन फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत गोपाल प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कैलाश विकास बैंक बुटवल शाखाका अध्यक्ष ज्ञानेन्द्र गिरी ले विद्यार्थीहरुको लागि व्यवस्थापन विषय अहिलेको सन्र्दभमा समय सापेक्षा र रोजगारमुलक भएको बताएका थिए । उनले बैंक तथा अन्य वित्तिय संस्थाहरु स्थापना हुने लहर चलेको र स्थानिय निकय संघीय संरचनामा देश गएको कारण यसको महत्व अझै बढेको बताएका थिए ।

कार्यक्रममा एम्स मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने एम्स कलेज बुटवलका प्रमुख दिपक ढाकालको विशिष्ठ आतिथ्यता  रहेको थियो ।


कलेजका उच्च मावि संयोजक विनोद शाक्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा  प्रध्यापकहरु कार्यक्रममा विषयगत रुपमाः प्रध्यापकहरु दुर्गा भुषाल, सुरेन्द्र राज ज्ञवाली, शिवराज पंगेनी, विष्णु प्रसाद पाण्डे, बुद्धि कुँवरले, गोविन्द गाहा, आ आफ्नो विषयगत प्रस्तुतीकरण समेत गरेका थिए ।

सञ्चालक समिमित सदस्य तथा प्राध्यापक गोविन्द शर्मा बस्याल को सञ्चालमन भएको कार्यक्रममा  विद्यार्थीहरुले विभिन्न सास्कृतीक कार्यक्रम समेत प्रस्तुती गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!