ज्ञान ज्वोतिमा ई लाईब्रेरी

Posted on: 11 Jul, 2017


असार २७, बुटवल । वि.स.२०४५ सालमा स्थापना भएको बुटवल मिलनचोकमा रहेको ज्ञानज्वोति पुस्तकालयमा ई लाईब्रेरी स्थापना भएको छ । 

२०४ औं भानु जयन्तीको अवसरमा ई –लाईब्रेरीको समुद्घाटन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष टुक बहादुर थापाले जानकारी  दिए ।

उनका अनुसार विभिन्न विदेशी तथा स्वदेशी दाताहरुको सहयोगमा ९ वटा कम्प्युटरको व्यवस्थापन गरी विद्युतीय पुस्तकालयको स्थपना गरिएको हो । यहि असार २९ गते विहान ७:३० बजे विद्युतीय पुस्तकालयको समुद्घाटन कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा अध्यक्ष  क्षेत्री ले जानकारी दिए ।

यसको साथै २८ गते पुस्तकालयको आयोजनामा माध्यमिक विद्यालय स्तरिय रामायण बाचन कार्यक्रम समेत आयोजना गरिएको छ । जसका रुपन्देहीका करिव २० वटा भन्दा बढि विद्यालयका विद्यार्थीको सहभागीता हुने आयोजकले जनाएका छन् । 

पछिल्लो समयमा पुस्तक पढ्ने पाठकहरुको संख्या सुन्य हुन थालपछि आफुहरुले  विद्युतिय पुस्तकालयको अवधारणा ल्याएर स्थापना गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । 

पुस्तकालय स्थापनाको लागि अमेरिकी एक संस्थाले ३  थान, मणिमुकुन्द कलेज, सत्यवति सहकारी, एभरेष्ट  ईबो मावि, क्रिमसन कलेजले ले १÷१ थान कम्प्युटर प्रदान गरेका छन् । 

पुर्णरुपमा हाई स्पीट ईन्टरनेट जडान गरिएको उक्त विद्युतीय पुस्तकालय हाललाई बेलुका ४ देखि ६ बजे सम्म खुल्दै आएको छ । निकट भविश्यमा पुस्तकालय प्रयोगकर्ताहरुको माग बढ्दै गएमा थप समय विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!