प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिता डोटीमा हुँदै

Posted on: 20 Nov, 2016

मंसिर ५, डोटी । प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिता सोमवार देखि डोटीमा हुने भएको छ । 

तोकिएको मितिमा टिमहरु सहभागि नभए पछि स्थगित भएको भलिबल प्रतियोगिता फेरी सोमबार देखि हुने आयोजकले साझासवाल डोटीलाई जानकारी दिएको हो ।

कपल्लेकी युवा समाजको आायोजनमा कात्र्तिक १८ गतेदेखि २१ सम्म हुने भनिएको ‘५ औँ भागेश्वर गु्रप कपल्लेकी भलिबल शिल्ड–२०७३’ प्रतियोगिता टिम सहभागि

हुन नआउदा स्थगित भएको थियो । 

प्रदेश नम्बर ७ का सबै जिल्लाका टिमहरु सहभागिता नहुदा स्थगित गरीएको थियो । सोमबार हुने प्रदेश नम्बर ७ स्तरीय नै रहने तर, टिमहरु खुल्लाबाटै लिईने गरी प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ ।

भलिबल प्रतियोगिता अहिले सम्मकै सबै भन्दा ठुलो राशिको तोकिएको छ । जसमा प्रथम हुने टिमलाई एक लाख ५१ हजार शिल्ड, दोस्रोलाई ५१ हजार नगद र ट्रफि जित्ने आयोजकले जनाएको छ । यस्तै भलिबल प्रतियोगितामा उत्कृष्ठ ४ जना खेलाडीलाई चार वटा बिधामा ५/५ हजारका दरले पुरुष्कृत गरीने जनाएको छ ।

कपल्लेकी युवा समाजले बिगत ५ बर्ष देखि भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!