मूर्ति चोरी घटना रहस्यमय, मन्दिरभित्रै ७ मूर्ति भेटिए, सानो मूर्तिसहित एक जना पक्राउ

Posted on: 04 Dec, 2016


नन्दराम जैशी/मंसिर १९, जुम्ला । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरीएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये शनिबार सातवटा मूर्ति फेला परेपछि उक्त मूर्ति मन्दिरबाट चोरिएकै थिएनन् वा चोरले पछि ल्याएर राखिदिएको हो भन्ने बिषयमा स्थानीयले सत्य तथ्य बिवरण सार्वजानिक गर्न आग्रह गरेका छन् । 

मंसिर ११ गते राती हराएका भनिएको घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मूर्ति चोरिएको उल्लेख छ । सो मुचुल्का मा ६ सय १ सालमा बनेको दत्तात्रय सहितका २८ मूर्ति हराएको देखाइएको छ ।   

तर, घटनाको ७ दिनपछि शनिबार सिआइबीले छानबिन गरी तयार पारेको मुचुल्कामा २१ वटा मूर्ति हराएको उल्लेख छ । 

यसै आधारमा पहिले हराएका भनिएका मध्ये सातवटा भेटिएका हुन् । मूर्ति चोरी घटना विषयमा प्रहरीका दुई निकायले तयार पारेको मुचुल्कामा फरक फरक विवरण उल्लेख भएपछि स्थानीय आश्चार्यमा परेका छन् । अनुसन्धान जारी रहेकोले घटनाको बिषयमा बिस्तारै जानकारी गराइने सिआइबीले जनाएको छ ।    

 चोरी भएको सानो मूर्ति सहित एक जना पक्राउ 

 जसमा चोरी भएको सानो मूर्ति सहित जुम्ला तातोपानी राँका गाउँका सतिबिरा कठायतलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

वर्ष ३५ का कठायतलाई चन्दननाथ नगरपालिकाको बुढथावाडा गाउँमा सानो मूर्ति सहित प्रहरीले पक्राउ हो । स्थानीयले भनेको हुलीया अनुसार मूर्ति खोज्दा फेला परेको प्रहरीले जनाएको छ । कठायतसँग भएको सानो मूर्ति पुजारीले मन्दिरकै रहेको दावि गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!