पर्यटकिय शहर  पाेखरामा बधस्थल निमार्ण हुन सकेन

Posted on: 22 Mar, 2016

शिव न्याैपाने/चैत्र ९, पाेखरा । पर्यटकीय शहर पोखरामा अझैपनि मासु काट्नका लागी बध स्थल निर्माण हुन सकेको छैन ।

पोखरामा पाइने अधिकांश मासुहरु खुल्ला रुपमा मनपरी ढंगले वध गरेर प्रयोगमा ल्याइने गरेका छन । वेला वेलामा पोखरा उपमहानगरपालिकाले बध स्थल निर्माणको कुरा गरेपनि अझैसम्म कहिले बन्ने हो भन्ने निश्चित छैन । सरकारी तबरबाट यसको कुनै सुनुवाइ नभएपनि निजी स्तरमा भने पोखराको दुईठाउमा बंगुरलाई लक्षित गरेर वधस्थल निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

नेपालकै ठूलो बंगुर फार्म पोखरा लाइभस्टक प्रा.लि. रिठेपानी र यती लाइभस्टक प्रा.लि. मझेरीपाटनले प्याक्टको सहयोगमा निजी स्तरमानै पोखरामा पहिलोपटक बधस्थलको निर्माण गरेका हुन ।

यी दुई फार्म हाउसले बंगुरलाई लक्षित गरी बधस्थल सञ्चालनमा ल्याएका हुन । यो वधस्थललाई सञ्चालन गरी पोखरा र आसपासका क्षेत्रमा बंगुरलाई अत्याधुनिक तबरले बध गर्न र बंगुरको मासुलाई विभिन्न तरिकारले बर्गीकरण गर्नका लागी हिजोदेखि पोखरामा तीन दिने मासु काट्ने तालिम शुरु भएको छ ।

पोखरा १४ मझेरीपाटनमा रहेको यती लाइभस्टक प्रा.लि.को बध स्थलमा सुरु भएको तालिममा नेपाल भरका २० जना बंगुुरपालक किसानहरु सहभागी छन । तालिममा सहभागीहरुले विशेष गरी बंगुरको बध र बंगुरको मासुको भागहरुको बर्गीकरण र मासुबाट बन्ने परिकार निर्माणका बारेमा जानकारी लिनेछन ।

सिप्रेड सामर्थको आयोजना र युके एडको सहकार्यमा सञ्चालित तालिममा पुम नेदरल्याण्डसका सिनियर एक्सपर्ट पीटर कोनिङ, आयोजक संस्था सिप्रेड सामर्थका लाइभस्ट पोर्टफुली एड्भाइजर डाक्टर नन्द प्रसाद श्रेष्ठ लगायतले सहजीकरण गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!