रामेछापमा सुरू भएकाे क्षेत्रिय महिला भलिबलमा १५ जिल्लाको प्रतिस्पर्धा

Posted on: 10 Dec, 2016


मंसिर २५,रामेछाप । “स्वाथ्यको लागी खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराको साथ सातौं मध्यमाञ्चल क्षेत्रिय महिला भलिबल छनौट प्रतियोगिता २०७३ शनिबार देखी रामेछापको मन्थलीमा सुरु भएको छ । मध्यमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति रामेछापको समन्वयमा प्रतियोगिताको आरम्भ भएको हो ।

जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडरीयाको अध्यक्षतामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन स्थानिय विकास अधिकारी दिनेशराज पन्तले पानसमा वत्ति वालेर गर्नु भएको थियो । 
मन्थलीको आकाशे खेल मैदानमा सुरु भएको प्रतियोगितामा मध्यमाञ्चल बिकास क्षेत्र अन्र्तगत सिन्धुली, मकवानपुर ,बारा र नुवाकोट वाहेक १५ वटा जिल्लाका महिला खेलाडिहरुको सहभागी रहेको जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष कडरियाले जानकारी दिनुभयो ।


तस्विर / नारायण श्रेष्ठ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!