नेष्डो नेपालमा प्रगति एवंम लघुवित्तमा आधारित नेतृत्व विकास तालिम शुरु

Posted on: 07 May, 2016

बैशाख २५ ,पोखरा । राष्ट्रिय शैक्षिक तथा सामाजिक बिकास संस्था नेष्डो नेपालको २ दिने प्रगति समिक्षा एवंम लघुवित्तमा आधारीत नेतृत्व क्षमता बिकास तालिम आजबाट शुरु भएको छ ।पोखरा ड्यामसाईड स्थित संस्थाको केन्दि«य कार्यलयमा प्रशिक्षार्थी कर्मचारिहरुको नेतृत्व क्षमतामा अभिबृद्धी गर्ने साथै पौष महिनामा छनौट भएका प्रशिक्षार्थीकर्मचारिहरुको मध्यवर्ति समयसम्म भएको प्रगतिको समिक्षा गर्ने उदेश्यले आजबाट तालिम सुरु भएको हो ।

कार्यक्रममा बोल्दै प्रशासन तथा वित्त प्रमुख सावित्री खत्री क्षेत्रीलेआफना कार्य क्षेत्रमा आईपर्ने विबिध समस्याबाट हतोत्तसाहित नभई आफुलाई गरिबी बिरुद्धको लडाईमा सर्मपित गर्न आग्रह गर्नुभयो । लघुवित्त सेवा प्रमुख विश्वबन्धुप्रसाईले यस तालिम अबधिमा सिकेका सिकाई उपलब्धिलाई कर्मचारीहरुले व्यबहारिक रुपमा आफनो कार्यशैलिमा रुपान्तरण गर्दै संस्थागत लक्ष्य प्राप्तिमा लागि पर्नुपर्नेमाजोड दिनुभयो ।

kaski 1 त्यस्तै संस्थाका मानव संसाधन प्रमुख लक्ष्मि कुमारी मेधासीले कर्मचारिले हालसम्म जिम्मेवारिपुर्ण रुपमा कार्य गर्दै आएकोमा कर्मचारिहरुप्रति आभारआभार प्रकट गर्नुभयो । कार्यक्रममा योजना प्रमुख युधिष्ठिर भुषाल, बरिष्ठ अधिकृत नारायण प्रसाद प्रसाई, कार्यक्रम व्यबस्थापक उत्तम अधिकारि लगायतले बोल्नु भएकोथियो ।

नेष्डो नेपाल वि।सं। २०५२ सालमा पर्वतको बाजुङ्गमा स्थापना भई हाल पर्वत, बागलुङ,म्याग्दी,कास्की,तनहुँ,गोरखा,लमजुङ्ग,चितवन,नवलपरासी,स्याङ्जा र पाल्पाजिल्लामा गरी ५० वटा शाखा कार्यलय मार्फत गरिब, बिपन्न एवंम बञ्चितिमा परेका महिलाहरुको क्षेत्रमा कार्य गर्दै आईरहेको लघुवित्तिय संस्था हो ।

संस्थाले चालु आर्थिकबर्षमा ८० हजार घरपरिवारलाई सेवा दिने लक्ष्य राखेको छ । तालिममा हालसम्म हासिल भएका प्रगतिको समिक्षा र आगामि दिनमा लक्ष्य प्राप्तिको लागि अपनाईनेरणनितिक योजनाको बारेमा समेत छलफल हुनेछ । ३७ जना प्रशिक्षर्थी कर्मचारीहरुको सहभागिता रहेको तालिम आईतबार सम्म चल्नेछ ।

संस्थाका मानव संसाधन प्रमुख लक्ष्मि कुमारी मेधासीको अध्यक्षतामा सम्पन्न भएको कार्यकम्रमा बरिष्ठ अधिकृत नारायण प्रसाद प्रसाइको स्वागत संस्थागत प्रतिज्ञापुष्पा प्रसाईले र कार्यक्रमको सञ्चालन मानव संसाधन अधिकृत ईश्वरी प्रसाद शर्माले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!