अर्घाखाँची राष्ट्रसेवक समाजमा अधिकारी

Posted on: 09 Mar, 2017

फागुन २६, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाज काठमाडौँको अध्यक्षमा निर्वाचित हुनुभएको छ । 

समाजको बुधबार भएको पहिलो अधिवेशनले समाजका अध्यक्ष अधिकारीको नेतृत्वमा २३ सदस्यीय कार्य समिति गठन गरेको हो । 

अधिवेशनले बालकृष्ण घिमिरेलाई उपाध्यक्ष, टेकनारायण पाण्डेलाई महासचिव, विष्णुराज बेल्बासेलाई सचिव र दुर्गा बन्जाडेलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ । 

अर्घाखाँची जिल्लाबाट निजामती सेवामा प्रवेश गरी काठमाडौँमा सेवा गरिरहेका कर्मचारीले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्नका लागि सो सङ्गठन स्थापना गरिएको हो । 

सो समाजले वरिष्ठ चिकित्सक डा चोपलाल भुसाल र नेपाल बैंक लिमिटेडका प्रबन्धक लेखनाथ भुसाललाई सम्मान समेत गरेको छ । सम्मानित भुसाल हालै बङ्गलादेशका लागि राजदूतमा सिफारिस हुनुभएको छ । 

त्यसैगरी, हालै शाखा अधिकृत उत्तीर्ण भएका अर्घाखाँचीका १६ जनालाई विशेष सम्मान गरिएको समाजका सदस्य गङ्गा पन्थीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!