अर्घाखाँचीमा चितुवा र बाँदरको आतंक बढ्यो

Posted on: 02 Aug, 2017

 साउन १८, अर्घाखाँची  । जिल्लाको सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकाका कैयौ गाउँमा चितुवा र बाँदरले मानिसहरुलाई आतंकित बनाएको छ ।  

सन्धिखर्कका खाचिकोटका दुवारा, डिहिडाँडा, भुजुङेका साथै कुर, किमडाँडा यस्तै भूमिकास्थान नगरपालिकाका साविक नुवाकोटको लात्तेमाझ, ढिकुरा, सलिनडाँडा, गैराकोट, सुर्सिङ लगायतका ठाउँहरुमा चितुवा र बाँदरले दिनरात आतंक मच्चाएका हुन् ।   

बाँदरले दिउँसो खेतबारी र घरभित्रको अन्न खाएर हैरान बनाएको छ भने साँझ रातिमा चितुवाले । ति गाउँमा बाँदरको ठूलै बगाल बारीमा आएर मकै खाएर हैरान बनाएको छ । 

यस्तै चितुवाले साँझको बेलामा घर, गोठबाट नै बाख्रा पाठा खाने, आक्रमण गरेको देखिन्छ । 

अहिले सम्म सन्धिखर्क र भूमिकास्थानका ति गाउँहरुमा दर्जनौ बाख्रा, पाठा माथि आक्रमण गरिसकेको छ । अर्घाखाँचीमा पछिल्लो वर्ष बाघ र बाँदरको बिगबिगीले मानिसहरुलाई आतंकित बनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!