सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई पीडा भुल्न मनोपरामर्श

Posted on: 29 Aug, 2017

भदौ १३,इटहरी। पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त तुल्याउ मनोपरामर्श तालीम दिन थालिएको छ । 

बाढीबाट परिवारका सदस्य गुमाउन पुगेका तथा घरबारविहीन भई त्रस्त भएका व्यक्तिलाई सहज अवस्थामा ल्याउने उद्देश्यले काठमाडौँबाट आउनुभएकी मनोपरामर्शदाता कञ्चन रावतले यस क्षेत्रका पीडित माझमा मनोरञ्जनात्मकरुपले पीडा भुलाउने अभ्यास गराइरहनुभएको हो । 

उहाँले क्विक भोलेन्टियर्सका युवा एवं अन्य समुदायको सहयोगमा मनोपरामर्श र योग अभ्यासका साथै दैवी प्रकोप हुँदा व्यहोनुपर्ने कहालीलाग्दो अवस्था एवं त्यसले मानवीय जीवनमा पार्ने कष्टकर अवस्थालाई कसरी भुल्ने भन्ने विषयमा अभ्यस्त हुन सिकाउँदै आउनुभएको छ । 

मनोपरामर्शदाता कञ्चन रावतले अझै एक हप्ताभन्दा बढी समय बाढी प्रभावित क्षेत्रमा रहेर त्यस प्रकारको प्रशिक्षण दिने पनि जानकारी दिनुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!