स्थानियद्वारा भालुको विभत्स हत्या, पोष्टमार्टम गरी सुरक्षित गाडियो

Posted on: 05 Sep, 2017


नन्दराम जैशी/भदौ २०, जुम्ला । जुम्ला पातारासि गाँउपालिका ३ छुमचौरमा विभत्स हत्या गरीएको भालुको पोष्ट मार्टम पछि सुरक्षित स्थानमा गाडिएको छ । 

यहि शनिबार विभत्स हत्यापछि मृत अवस्थामा फेला परेको भालुलाइ सोमबार पोष्ट मार्टम गरेपछि सुरक्षित स्थानमा गाडिएको हो । जिल्ला बन कार्यालय जुम्लाको कार्यालय मैदानमा जिल्ला स्थीत सरोकारवालाहरुको रोबहरमा मृत भालुलाइ सुरक्षित रुपमा गाडिएको बन अधिकृत मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

शनिबार बिहान भालुले स्थानियको मकैबालि नष्ट गरी दुई जना स्थानियलाइ टोकेर घाइते बनाएपछि स्थानियले प्रतिकारमा उक्त भालुको विभत्स हत्या गरेको गोप्य जानकारी प्राप्त भएपछि प्रहरी र इलाका बन कार्यालय डिल्लीचौरको टोलि सो स्थलमा पुग्दा भालु मृत अवस्थामा फेला परेको थियो । 

स्थानियले भालुको खुट्टा काटेर, मुख र छाति चिरी हत्या गरेको पाइएपछि हत्यामा को को संलग्न थिए, भन्ने बिषयमा थप अनुसन्धान भैरहेको बन अधिकृत श्रेष्ठले बताउनुभयो । 

अनुसन्धानपछि भालुको हत्यामा संलग्न ब्यक्तिहरुलाइ कानुन अनुसार कारबाहि गरीने भएको छ । शनिबार घटना स्थलबाट स्थानियबासिको रोबहरमा प्रहरी र इलाका बन कार्यालयको टोलिले मुचुल्का उठाएर सदरमुकाम ल्याएको भालुको लास कठिन बाटोका कारण आइतबार राति मात्र बजार पुर्याइएको थियो । 

भालुको टोकाइबाट घाइते भएका बहादुर बोहोरा र बम बहादुर बुढा, दुबै जनाको स्थानिय छुमचौर स्वास्थ्य चौकिमा उपचार भैरहेको बताइएको छ ।    


यस बिषयमा तपाइको प्रतिक्रिया...!