लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा भण्डारी

Posted on: 15 Oct, 2017

पोखरा २९ असोज । लेखनाथ उद्योग वाणिज्य संघमा कृष्णहरि भण्डारी विजयी भएका छन् । संघको ११ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई ५ सय ७ को फराकिलो मतअन्तरले पराजित गर्दै वर्तमान प्रथम उपाध्यक्ष रहेका भण्डारी विजयी भएका हुन् । साथै, निर्वाचनमा एक सदस्यबाहेक अन्य पदमा भण्डारी प्यानल विजयी भएको छ ।

निर्वाचनमा एक हजार एक सय ५७ मत खसेकोमा आइतबार बिहान सवा ३ बजेमात्र मतगणना सकिएको निर्वाचन आयुक्त अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए । उनका अनुसार अध्यक्षमा विजयी भण्डारीले ८ सय २४ र भट्टराईले ३ सय १७ मत प्राप्त गरेका छन् ।
विधान संशोधनपछि भएको विभिन्न १७ पदका लागि ३२ जना चुनावी मैदान उत्रिएका थिए । भण्डारी र भट्टराई राजनीतिकरुपमा एउटै खेमाका भए पनि संघको चुनावका लागि छुटाछुटै प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका हुन्।
यसपालि थपिएकोे वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बलराम ढकाल ६ सय ६५ मतका साथ विजयी भएका छन् । उनका प्रतिष्पर्धी गीतादेवी सुवेदीले ४ सय ५० मत प्राप्त गरेकी छन् ।


यस्तै, प्रथम उपाध्यक्षमा वर्तमान महासचिव छत्रधर आत्रेय ८ सय ४२ मत प्राप्त गरी विजयी हुँदा मेजर रामप्रसाद गुरुङले २ सय ६७ मत प्राप्त गरे भने द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठले ७ सय १८ मतसहित विजयी हुँदा प्रत्यासी दयाराम तिवारीको पक्षमा मात्र ४ सय ८ मत परेको छ ।
महासचिवमा भरतकुमार अधिकारी झिनो मतअन्तरले विजयी हुन सफल भए । उनी ५ सय ६० मतसहित विजयी हुँदा महासचिवका प्रत्यासी ऋषिराम जमरकट्टेलले ५ सय ५३ प्राप्त गरे ।
यसैगरी, उपमहासचिवमा वर्तमान कोषाध्यक्ष गोपिचन्द्र बास्तोला ६ सय ३५ मतका साथ विजयी भएका छन् भने प्रतिद्वन्द्वी दामोदरभक्त थापाले ४ सय ७२ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी भए । उनले ८ सय ९२ मत ल्याए भने प्रतिद्वन्द्वी सोमतबहादुर श्रेष्ठले २ सय २० मत ल्याए ।
दुई महिला सदस्य पदमा जानुका अधिकारी ८ सय ३४ र राधा सापकोटा ६ सय ८८ मतसहित विजयी भए । महिला सदस्यका अर्का उम्मेदवार लक्ष्मी बास्तोलाले ४ सय ७१ मत ल्याइन् । यसअघि महिला आरक्षण एक जनामात्र रहेकोमा यसपालि बढाएर दुई बनाइएको हो ।

आठ खुल्ला सदस्य पदमा १५ जनाबीच भएको प्रतिष्पर्धामा भण्डारी प्यानलबाट सात र भट्टराई प्यानलबाट एक जना विजयी भए । भण्डारी प्यानलबाट उपेन्द्रराज सुवेदी राजु (८७१), रामजी पौडेल (७५०), मेनुका श्रेष्ठ (७२७), भरतराज ओझा (६९३), सरोजराज अधिकारी (६७७), भीमबहादुर नेपाली काईला (६२४), शिवप्रसाद भण्डारी (६२१) र भट्टराई प्यानलका धीरजकुमार श्रेष्ठ (५७६) विजयी भए ।
सदस्यमा अशोकप्रसाद बराल (४६१), गणेश अधिकारी (२७५), मधुसुदन कोइराला (४५४), महेश्वर आचार्य (३८५), रमेशराज पौडेल (३९८), रुद्ररमण रेग्मी (३१३) र सप्तनाथ कुँवर (३३८) पराजित भए । तीमध्ये अशोक भण्डारी प्यानलका हुन् ।
संघमा संस्थागततर्फ शैलेन्द्रमोहन भट्टराई र एशोसियटतर्फ प्रशान्तराज धमला यसअघि नै निर्विरोध भएका थिए ।
निर्वाचनमा फराकिलो मतअन्तर ६ सय ७२ मतअन्तरले कोषाध्यक्ष ओझा र झिनो मतान्तर मात्र ७ ले महासचिव अधिकारी विजयी भएका हुन् ।
२३ सदस्यीय कार्यसमितिमा निर्वाचत अध्यक्षले तीन जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । निवर्तमान अध्यक्ष पदेन सदस्य रहनेछन् । विगतमा भने अध्यक्ष र सदस्यका लागि मात्र मतदान हुने गरेकोमा यसपटक सबै पदाधिकारीमा निर्वाचन भएको हो। संघका नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
जितपछि अध्यक्ष भण्डारीले व्यावसायिक हकहित पक्षमा सबैलाई मिलाएर लैजाने बताए । उनले लेखनाथलाई कृषि, पर्यटन र शिक्षाको सहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । भण्डारी अध्यक्षमा निर्वाचित हुनु यसअघि उनले क्रमशः कार्यसमिति सदस्य, उपमहासचिव, द्वितीय उपाध्यक्ष र प्रथम उपाध्यक्षको दौड पूरा गरेका हुन् । शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म भएको मतदानमा कुल एक हजार दुई सय ५५ मतदाता थिए । मतगणना शनिबार साँझ ५ बजेबाट शुरु भएको थियो । नयाँ कार्यसमितिलाई आइतबार बिहान निर्वाचन आयुक्त आचार्यले शपथ खुवाएका छन् ।

अध्यक्ष ःकृष्णहरी भण्डारी ः८२४
बसन्तमोहन भटराइः३१७
बरिष्ठ उपाध्यक्ष वलराम ढकाल ः६६५
गितादेवी सुवेदीः४५०
प्रथम उपाध्यक्षः छत्रधर आत्रेयः८४२
मेजर रामप्रसाद गुरुङ ः२६७
द्धितिय उपाध्यक्षः विनोद कुमार श्रेष्ठ ः७१८
दयाराम तिवारीः४०८
महासचिव भरतकुमार अधिकारीः ५६०
ऋषिराम जमरकटेल ः५५३
उप महासचिवः गोपिचन्द्र बास्तोला ६३५
दामोदरभक्त थापा ४७२
कोषाध्यक्ष राजेन्द्र ओझा ८९२
सोमत बहादुुर श्रेष्ठ २२०
महिला सदस्यः जनुका अधिकारी ८३४
महिला सदस्य ःराधा सापकोटा ६८८
लक्ष्मी बास्तोला ४७१
खुल्ला सदस्य ःउपेन्द्रराज सुबेदी राजु, ८७१
खुल्ला सदस्य ःरामजी पौडेल ७५०
खुल्ला सदस्य ःमेनुका श्रेष्ठ ७२७
खुल्ला सदस्य ःभरतराज ओझा ६९३
खुल्ला सदस्य ःसरोजराज अधिकारी ६७७
खुल्ला सदस्य ःभिमवहादुर नेपाली काईला ६२४
खुल्ला सदस्य ःशिवप्रसाद भण्डारी ६२१
खुल्ला सदस्य ःधिरज कुमार श्रेष्ठ ५७६
अशोक बराल ४६१
मधुसुदन कोईराला ४५४
रमेशराज पौडेल, ३९८
महेश्वर आचार्य ३८५
सप्तनाथ कुवँर ३३८
रुद्ररमण रेग्मी ३१३
गणेश अधिकारी, २७५
निर्विरोधः संस्थागत सदस्य शैलेन्द्रमोहन भट्टाई
निर्विरोधः एशोसियट सदस्य प्रसान्तराज धमला

यस बिषयमा तपाइको प्रतिक्रिया...!