आफ्नो छोरी बचाईदिन गुल्मीकि चेलीद्धारा सबैसँग सहयोगको आग्रह

Posted on: 05 Nov, 2017

कात्तिक १९, गुल्मी | गुल्मी कि एक चेलीले आफ्नो बच्चाको ज्यान बचाईदिन सबैसँग आग्रह गर्नुभएको छ । गुल्मेली चेली सपना नेपाली को बच्चा जन्मेको ५ महिनापछि टाउकोमा ट्युमर भई सानो रकमले उपचार सम्भव नभएपछि यसरी उहाँले आफ्नो बच्चा बचाईदिन अनुरोध गर्नुभएको हो । 

उहाँको बच्चाको अहिले उमेर तीन बर्ष पुग्यो उपचार गर्दा पनि निको भने अझै  हुन सकेको छैन । “नेपालका धेरै ठाउँमा उपचारका लागी प्रयास गर्यौ तर सानो रकमले उपचार सम्भव नभएपछि यसरी उपचार खर्च जुटाउँदै हिँडेका छौँ बच्चाकी आमा सपना ले भन्नुहुन्छ । गुल्मीको मुसिकोट कि सपना को बिवाह बुटवल मजुवामा १७ बर्षमा भएको हो । 


उहाँको पहिलो बच्चा जन्मेको पाँच महिना भएपछि टाउकोमा पानी जम्न सुरु गर्यो ज्याला मजदुरी गर्ने उहाँका श्रीमान ले बच्चाको उपचारका लागी खर्च जुटाउन सक्नुभएन अनि अहिले गाउँ सहरमा  पैसा सँकलन गर्दै हिँड्नुभएको छ । उहाँ को अर्को पनि बच्चा छ । दुई बच्चा बोकेर गाउँ गाउँ गहभरी आँसु पार्दै हिँडेकी उहाँले भन्नुभयो “यो आपत छ सहयोग का लागी माईत जाउँ भने आमा बुवा नै हुनुहुन्न उपचार खर्च दिनुस भनेर कसको दैलो ढक ढक्याउँ, , अनि म र श्रीमान सँगै बच्चा बोकेर सहयोग का लागी हिँडेका हौँ । 


“५ बर्ष सम्म पनि उपचारका लागी खर्च सँकलन गर्न सकेनौँ, मेरो बच्चा बाँचेको हेर्न चाहान्छु । तपाईहरुको थोरै पनि सहयोग मिल्यो भने मेरो छोरी पक्कै बाँच्नेछ ।”  सपना भन्नुहुन्छ । देश तथा बिदेशमा रहनुभएका नेपालीहरुले उहाँको बच्चा को उपचारमा सहयोग गर्न चाहानेले उहाँको फोन नँ ९८६१७३९२२९ मा सम्पर्क गरि रकम सँकलन गरि उपचारका लागी रकम जुटाईदिन पनि उक्त दम्पती ले आग्रह गर्नुभएको छ ।

माथिको तश्विरमा: ट्युमरभएको बच्चा र उनको आमा/बुबा |  

- शँकर भुसालको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!