काठ काट्न ढाल्दै गरेको रुखले किचेर एकको मृत्यु

Posted on: 20 Apr, 2016

प्रकाश धौलाकोटी । बैशाख ८, तेह्रथुम । काठ काट्नका लागि ढाल्दै गरेको रुखले किचेर तेह्रथुममा बुधबार एक जनाको ज्यान गएको छ । सिम्ले गाविस वार्ड नं. ४, पैरे बस्ने ५५ वर्षीय नरबिर निङ्लेकुको दिउँसो साढे चार बजे रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिनुभयो ।

घर नजिकै काठ काट्नकालागि ढाल्दै गरेको रुख सोचे भन्दा विपरीत भएर ढल्दा रुखले निङ्लेकुलाई किचेको बताइएको छ । घटनाबारे थप अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय सक्रान्तिबजारबाट प्रहरी टोली परिचालन गरिएको डिएसपी ढकालले बताउनुभयो । नरबीरसँगै रहेका स्थानीय रामप्रसाद लिम्बु भने रुख ढल्दा हाँगाले लागेर घाइते भएका छन् । उनलाई उपचारकालागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!