खोटाङको बतासेमा प्याराग्लाइडिङको सफल परिक्षण

Posted on: 09 Jan, 2018

चिसाङ शेर्पा/पुस २५, खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ । 

पर्यटन प्रवर्धन गर्दै गाउँमा स्वरोजगारको वाताबरण निर्माण गर्नका लागि दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको हो । 

भीरचुङ्माडाँडाबाट उँडेको प्याराग्लाइडर बतासेकै सुनकोसी किनारमा रहेको सानो भँडारेघाटमा झार्नेगरी प्याराग्लाइडिङको सफल परिक्षण गरिएको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । 

प्याराग्लाईडर प्याराग्लाईडिङ गर्दै । तस्विर: चिसाङ शेर्पा, खोटाङ, सास 

प्याराग्लाइडिङ र ¥याफ्टीङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई दिप्रुङ गाउँपालिका–६ छितापोखरी र दिप्रुङ गाउँपालिका–७ टेम्माकोबीचमा रहेको धिप्लुङ झरनासम्म पु¥याउने र ओझेलमा परेको झरनाको पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखिएको छ । 

बतासेको भीरचुङ्माडाँडाबाट दिप्रुङ गाउँपालिका अध्यक्षसहित एकैसाथ चार वटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए । पालिका अध्यक्ष राईलाई ओपन स्काई प्याराग्लाईडिङका पाईलट नुरेन राणा मगरले साथमा लिएर उडेका थिए । 

बतासेको भीरचुङ्माडाँडामा प्याराग्लाइडिङको सम्भावना बलियो प्रमाणित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका एटिसी अफिसर मुकेश डंगोलले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!