३ गते विप्लव माओवादीको नेपाल बन्द, सल्यानको माओवादीले विज्ञप्ती निकाल्यो

Posted on: 18 Sep, 2015

असोज १, सल्यान । नेकपा माओवादी सल्यानले संविधान जारी हुने दिन आफ्नो केन्द्रिय कार्यक्रम अनुसार नेपाल बन्द गर्ने जनाएको छ ।

पुरानो राज्यसत्ता र ने.क.पा.माओवादी विच वृहत १२ बुँदे शान्ति सम्झौता भए अनुसारको संविधान नबनेको भन्दै माओवादीले बन्द गर्ने जनाएको हो ।

आज माओवादी सल्यानले एक प्रेस विज्ञप्ती मार्फत वर्गिय, जातिय, क्षेत्रिय र लैङ्गिक उत्पिडनलाई अन्त्य गर्ने महान उद्देश्य विपरित अधिकार विहिन संघियता थोपरेर जनता–जनता बीच अन्तर कलह सिर्जना गरी फाँसीवादी अधिनायकत्व लाद्ने प्रपञ्चका साथ जोर जवरजस्त र नाटकिय रुपमा संविधान घोषणा गरिएको जनाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी डिल्लीराज शर्मा विश्वद्वारा जारि विज्ञप्तीका अनुसार देश र जनताले आश्विन ३ गते देखि प्रतिक्रान्ति खेप्नुपर्ने अवस्था आई लागेकोले महान शहिद, वेपत्ता, घाईते यौद्धाहरुको सपना र उत्पिडित जनसमुदायको अधिकार प्राप्तिको उत्कट चाहनाका साथै आवश्यकतालाई कदर गर्दै, पुरानै संसदको पुनस्थापनालाई रोक्न यही असोज ३ गते पार्टीले नेपाल बन्दको आव्हान गरेको जनाएको छ ।

सल्यानको राजनैतिक अधिकार र भविष्यसँग सम्बन्धित सवालको बन्द कार्यक्रमलाई संयम्तापूर्वक सहयोग पु¥याईदिन प्रशासनिक निकायलाई समेत अपिल गर्दछौं विज्ञप्तीमा भनिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!