डुंगा दुर्घटना अपडेट: २ को मृत्यु, ५ जना बेपत्ता, यसकारण पल्टिएको थियो डुंगा

Posted on: 08 Sep, 2018

भदौ २३, पोखरा । पोखराको बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ, भने ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । 

बजगाइँको लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन् ।  उद्दार गरिएका सपना खनाल, निशा पौडेल, कमलराज कडेंलको यतिबेला लेखनाथ समुदायिक अस्पतालमा उपचार भइरहेको छ ।  बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!