न्याय माग्न पुगेका निर्मलाका आमाबुवालाई प्रधानमन्त्रीले के भने ?

Posted on: 17 Sep, 2018

असोज १, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय वालिका निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् | अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेट्दै छोरीको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

भेटमा आमा दुर्गादेवीले घटना विवरण सुनाउदै कञ्चनपुरमा आन्दोलन हुँदा समेत न्याय नपाएकाले काठमाडौं आउनु परेको गुनासो गरिन् । उनले भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’

जवाफमा प्रधानमन्त्री ओलीले भने आफूले घटनालाई ढाकछोप गर्न नखोजेको स्पष्टीकरण दिएका छन् । घटनामा संलग्नहरुलाई कारबाही गर्न टोली खटाएको भन्दै उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!