नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, यस्तो छ मृतक र घाइतेहरुको नामावली

Posted on: 12 Oct, 2018

असोज २६, नुवाकोट | नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी नुवाकोटको पञ्चकन्या गाँउपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ र ५९ वर्षीय भगवान कडेंल तथा चितवन स्थित मुग्लिङका ५६ वर्षका बलराम तिवारी रहेका छन् । नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरको अनुसार तामाङ र तिवारीको घटनास्थलमा नै मृत्यु भएको र कंडेलको उपचारको क्रममा काठमाडौ स्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी ५५ जना घाइते भएका छन । दुर्घाटनामा परी गम्भीर घाइते भएका मध्ये ३३ जनालाई थप उपचारको लागी काठमाडौ पठाइएको छ भने २२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका मध्ये चार जनालाई हेलिकोप्टर मार्फत र बाँकीलाई एम्बुलेन्स मार्फत काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

दुप्चेश्वर गाँउपालिका–३ राउतवेशीको झगरेबाट त्रिशूलीतर्फ छुटेको बा.१ ख ६३५६ नं. को बस बिहान करिब दश बजे गणशस्थानको छेरीखोला भन्ने ठाँउमा दुर्घटनामा परेको थियो । पुरानो गाडीमा क्षमताभन्दा बढी यात्रु राखेर तिव्र गतिमा रहेको बसले सन्तुलन गुमाएर दुर्घटना हुदाँ सडकबाट एकसय मिटर तल पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाको क्रममा बसको अगाडीतर्फको दुवै पाङ्ग्रा सडकमा रहेको थियो भने बस दुई फन्को लगाएर सिचाई नहरमा पुगेर अड्किएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!